‘समृद्धि र विकास कसैको नाम होइन’, राष्ट्रको लक्ष्य हो– प्रधानमन्त्री

असोज ३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्धि र विकास कसैको नाम नभएर सबैको लक्ष्य भएको बताएका छन् । तेस्रो संविधान दिवसको अवसरमा सैनिक मञ्च टुंडिखेलमा आयोजिक समारोहलाई सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले समृद्धि र विकास प्रधानमन्त्रीको विषय मात्र नभएर समग्र नेपालीको विषय भएको उनले बताए।

प्रधानमन्त्री ओलीले भने–‘समृद्धि र विकास कसैको नाम होइन’, यो हाम्रो लक्ष्य हो । प्रधानमन्त्री ओलीले देशमा लोकतान्त्रिक व्यवस्था स्थापना भइसकेकोले राजनीतिक नाममा कुनै पनि जवर्जस्ती र अनुचीत कामको आवश्यक नरहेको बताए। संविधानले पुस्तौदेखि चलिआएका कुराहरुलाई पनि समेटेको बताउदै प्रधानमन्त्री ओलीले लोकतन्त्रका विश्वव्यापी अवयवहरुलाई संवैधानिक रुपमा व्यवस्था गरिएकोपनि बताए

समाजमा विष्फोट भएका विद्रोहका स्वरलाई संविधानले व्यवस्थापन गरेको बताउँदै उनले अब संघीयता ठिक कि बेठिक भन्ने प्रश्न नरहेको बताएका छन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.