गायिका बसन्ती र रमेशको डान्सिङ गीत ‘खतरा’ सार्वजनिक (भिडियो सहित)

जेठ ३०, काठमाडौँ । गायिका बसन्ती लामा र रमेश विक्रम रत्नको संयुक्त स्वरमा ‘खतरा’ बोलको गीत सार्वजनिक भएको छ ।

सेलो र नेपाली सुगम संगीतको दुनियाँमा रमाउँदै आएकी लामाले यस पटक भने भिन्न शैलीको गीत प्रस्तुत गरेकी छिन् । लोक, सेलो तथा आधुनिक गीतमा स्वर दिदै आएकी गायिका लामाले यस पटक डान्सिङ गीत  बजारमा ल्याएकी छिन् । उक्त गीतमा गायका तथा शब्दकार रमेश विक्रम रत्नले साथ दिएका छन् ।

त्रिटल स्टिडियोमा रेकर्ड गरेको ‘खतरा’ गीतको शब्द संगीत पनि रमेश विक्रम रत्नकै रहेको छ । मिक्सिङ सुन्दर लामाले गरेको गीतमा लक्ष्यु प्रकाश मल्लाको एरेन्ज रहेको छ । गायिका लामाले संगीत साधना गर्दागर्दै दर्जनौ गीत गाइसकेकी छिन् । उनले तराना कला केन्द्र स्थापना गरी गीत, संगीत, नृत्य तथा अभिनयका कक्षाहरू समेत सञ्चालन गर्दै आएकी छिन् ।

आज (बुधबार) सार्वजनिक भएको सो गीतको भिडियो पनि बनेको छ । भिडियोमा एलिना रायमाझी, दिपेन थापा, रमेश बिक्रम रत्न, जय शम्भु र बिनोद थापाको अभिनय देख्न सकिन्छ । काजिस श्रेष्ठले निर्देशन गरेको  ’खतरा’ गीतको भिडियो छायांकन बुद्ध थापा र सम्पादन अमृत चापागाईंले गरेका छन् । उक्त भिडियोमा सहायक निर्देशकको रूपमा प्रशान्त मगरको भूमिका रहेको छ । म्यूजिक भिडियो  दिपेन थापा युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.