जेठ ३०, काठमाडौँ । आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तरगत अष्ट्रेलियाले नामिबियामाथि ९ विकेटको जित निकालेको छ । यो अष्ट्रेलियाको लगातार तेस्रो जित हो । ७३ रनको लक्ष्य अष्ट्रेलियाले ५ दशमलव ४ ओभरमा मात्र १ विकेट गुमाएर पूरा गर्यो ।
अष्ट्रेलियाका लागि नटआउट रहँदै ट्रभिस हेडले ३४ र माइकल मार्सले १८ रन बनाए । डेभिड वार्नरले २० रन बनाए । नामिबियाका लागि डेभिड वाइसले १ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नामिबियाले १७ ओभरमा अलआउट हुँदै ७२ रन जोडेको थियो । लगातार तीन खेल जितेर ६ अंक जोडेको अष्ट्रेलिया समूह ‘बी’ को शीर्ष स्थानमा रहेको छ भने दुई मा जित र एक खेलमा अंक बाँडेको स्कटल्याण्ड ५ अंकका साथ दोस्रो स्थानमा रहेको छ । यसअघि अष्ट्रेलियाले ओमान र इङल्याण्डलाई पराजित गरेको थियो ।

