राष्ट्रपतिको जिम्मेवारी उपराष्ट्रपतिलाई

जेठ २९, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल स्विट्जरल्याण्डको जेनेभामा आयोजना हुने अन्तर्राष्ट्रिय श्रम सम्मेलनको एक सय १२औँ अधिवेशनमा सहभागी हुन तथा सङ्घीय गणतन्त्र जर्मनीको औपचारिक भ्रमणका सिलसिलमा आज जेनेभा प्रस्थान गर्नुभएकाले उहाँको अनुपस्थितिमा राष्ट्रपतिबाट सम्पादन हुने कार्य उपराष्ट्रपतिबाट सम्पादन हुनेगरी तोकिएको छ ।

नेपालको संविधानको धारा ६७ को उपधारा ९२० बमोजिम राष्ट्रपतिले उक्त जिम्मेवारी उपराष्ट्रपतिले सम्पादन गर्नेगरी तोक्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.