बौद्ध प्रहरी टोलीले फरार दुई अभियुक्तलाई पक्राउ

असोज २, काठमाडौं महानगरीय प्रहरी वृत्त, बौद्ध प्रहरी टोलीले फरार दुई अभियुक्तलाई सोमबार पक्राउ गरेको छ ।

मोरङ केराबारी गाउँपालिका–३ का ३३ वर्षीय अर्जुन गुरुङलाई गत साउन १६ गते ज्यान मार्ने उद्देश्यले कुटपिट गरी फरार भएका दुई अभियुक्तलाई काठमाडौँ चुच्चेपाटीबाट पक्राउ गरिएको प्रहरी निरीक्षक भूपेन्द्र गिरीले जानकारी दिए ।

पक्राउ पर्नेमा मोरङ केराबारी–१० का २९ वर्षीय निराकार मगर र सोही ठाउँका २६ वर्षीय सन्देश तामाङ रहेका छन् । दुवै जना ज्यान मार्ने उद्योगमा पक्राउ पछि फरार रहेका थिए ।उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङ पठाइने महानगरीय प्रहरी, वृत्त बौद्धले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.