बलात्कार मुद्दामा न्यायाधीश गिरीलाई ७ वर्ष कैद र ३ लाख जरिवाना

जेठ २९, काठमाडौं । पूर्वपत्नी बलात्कार कसुरमा निलम्बित न्यायाधीश भुवन गिरीलाई ७ वर्ष कैद सजाय हुने फैसला भएको छ ।

काठमाडौँ जिल्ला अदालतले सोमबार बलात्कार मुद्दामा गिरीलाई ७ वर्षको जेल सजाय र ३ लाख रुपैयाँ जरिवाना हुने फैसला सुनाएको हो । काठमाडौँ जिल्ला अदालतका स्रेस्तेदार रामु शर्माले गिरीलाई ३ लाख रुपैयाँ जरिवाना हुने र त्यो रकम क्षतिपूर्तिका रूपमा पीडितले पाउने फैसला भएको जानकारी दिए ।

सम्बन्ध विच्छेद भइसकेर पनि गिरीले पूर्वश्रीमतीसँग सहमतिबिना पटकपटक शारीरिक सम्बन्ध राखेको भनी मुद्दा परेको थियो । यही जेठ १३ गते न्यायाधीश भुसालकै इजलासले गिरीलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको थियो । सजायचाहिँ हिजो जेठ २८ गते तोकिएको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.