मलावीका उपराष्ट्रपतिसहित नौ जना सवार विमान बेपत्ता

जेठ २९, काठमाडौं। मलावीका उपराष्ट्रपति साउलोस चिलिमासहित नौ जना सवार एउटा विमान बेपत्ता भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ।

मलावी डिफेन्स फोर्सको विमान सोमबार बिहान राजधानी लिलोङवेबाट निस्किएपछि राडारबाट बाहिर गएको बताइएको छ। उक्त विमान स्थानीय समय अनुसार बिहान १० बजेपछि देशको उत्तरमा रहेको एक अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका लागि तय गरिएको थियो। सोमबार ढिलो सम्बोधन गर्दै राष्ट्रपति लाजरस चकवेराले खोजी तथा उद्धार कार्य जारी रहेको बताएका छन्।

विमान बेपत्ता हुनुको कारण अहिलेसम्म थाहा नभएको त्यहाँका अधिकारीहरुले जनाएका छन्। चिलीमा तीन दिनअघि निधन भएका पूर्व क्याबिनेट मन्त्री राल्फ कसम्बाराको अन्त्येष्टिमा सरकारको प्रतिनिधित्व गर्न जाँदै थिए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.