घाइते सैनिकको अवस्था सामान्य

असोज २, काठमाडौं । दक्षिण सुडानमा गोली लागि घाइते भएका नेपाली शान्तिसेनाका जवान अवस्था सामान्य रहेको नेपाली सेनाले जनाएको छ । घाइते सैनिकको नाम भने सार्वजनिक गरिएको छैन ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार गोली लागेर घाइते शान्तिसेनाको दक्षिण सुडानको राजधानी जुबामा उपचार भइरहेको छ । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा तैनाथ सिद्धिबक्स गण चौथो डफ्फामा कार्यरत शान्ति सैनिकमाथि गोली प्रहार भएको थियो ।

नेपाली सेनाको कम्पनी अपरेटिङ बेसबाट दैनिक पानी ढुवानी गर्न गएको शान्तिसेनाको टोली फर्किने क्रममा पिपुल्स लिवरेसन आर्मी (एसपीएलए) का जवानले गोली चलाएको आशङ्कका गरिएको छ । एसपीएलए सुडान सरकारको समर्थन रहेको सेना हो । सैनिक प्रवक्ता गोकुल भण्डारीले एसपीएलएमाथि आशङ्का गरिएको बताउनुभयो तर, पुष्टि भने हुन सकेको छैन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.