निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य बढायो

असोज १, काठमाडौं । नेपाल आयल निगमले पुन पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। भारता तेलको मूल्य बढेसँगै निमगले नेपालमा पनि मूल्य बढाएको हो। सोमबार मध्यराती १२ बजेबाट लागु हुनेगरी निगमले तेलको मूल्य बढाएको हो।

निगमले पेट्रोलमा २ र डिजेल, मट्टितेलमा ३ रुपैयाँ बढाएको हो। यो मूल्य बढेपछि पेट्रोल प्रतिलिटर १ सय १४ रुपैयाँ तथा डिजल र मट्टितेलको मूल्य १ सय १ रुपैयाँ पुगेको छ।

भारतीय आयल निगमले पठाएको नयाँ मूल्य सूची अनुसार निगमको घाटा १ अर्ब ३ करोड रुपैयाँ पुगेपछि निगमले मूल्य बढाएको हो। निगमका अनुसार अहिलेपनि भारतमाभन्दा नेपालमा डिजेल र पेट्रोलको मूल्य लिटरमै ३१ रुपैयाँ सस्तो छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.