विश्व वातावरण दिवसमा क्रियटिभ सरसफाई प्रा.लि.को भूमिका

जेठ २४, काठमाडौँ । दुइ दशकदेखि फोहोरमैला व्यवस्थापनमा क्रियशील क्रियटिभ सरसफाई प्रा.लि. गोकर्णेश्वरले विविध कार्यक्रम गरि विश्व वातावरण दिवस–२०२४ मनाएको छ ।

साताव्यापी रूपमा   जनचेतनामूलक अभियानसहित सरसफाई, वृक्षरोपण गरि आज शुभकामना तथा अन्तरक्रिया कार्यक्रम  सम्पन्न गरेको छ । काठमाडौँको गोकर्णेश्वर नगरपालिका, शंकरापुर, कागेश्वरी मनोहरा, बुढानीलकण्ठ लगायत नगरपालिकहरूमा कुशलतापूर्वक फोहोर संकलन तथा व्यवस्थापन गर्दै आएको क्रियटिभ सरसफाई प्रा.लि.ले जनप्रतिनिधि र सरोकारवालावीच सचेतनामूलक कार्यक्रम समेत गराउँदै आएको छ ।

‘हाम्रो भूमि, हाम्रो भविश्य’ भन्ने नारासहित विश्व वातावरण दिसवको अवसरमा मंगलबार (आज) जोरपाटी स्थित एक पार्टी प्यालेसमा गोकर्णेश्वर नगरपालिका उपप्रमुख सान्नानी लामाको प्रमुख आतिथ्यतामा नगर प्रवक्ता एवम् वडा नं. ५ का अध्यक्ष नारायणबहादुर सुवेदी, वडा नं. ४ का अध्यक्ष जयराम महत, वडा नं. ६ का अध्यक्ष नवराज लामा, वडा नं. ७ का अध्यक्ष केशव गुरूङ, फोहोरमैला व्यवस्थापन संघ नेपालका अध्यक्ष धनप्रसाद आचार्य लगायत सरोकारवाला र कर्मचारीहरूबीच एक शुभकामना आदानप्रदान कार्यक्रम गरिएको छ ।

कार्यक्रममा बोल्दै उपप्रमुख सान्नानी लामाले खेर गएका फोहोरलाई सहि तरिकाले व्यवस्थापन गर्न सकिए आर्थिक रूपमा फाइदा हुने र वातावरण पनि स्वच्छ रहने बताईन् । फोहोरमैलारहित नगरपालिका बनाउनका लागि नगरवासी र सरोकारवाला संघसंस्थाको समन्वय हुन आवश्यक रहेको बताउँदै क्रियटिभ सरसफाई प्रा.लिले गरेको कामलाई प्रशांस गरिन् । नगरपालिकाभित्र बर्षतको समय पानी पर्दा ढल जाम भएर डुबान हुने गर्दा नगरवासी र फोहोर संकलन गर्ने संघसंस्थालाई त्यसतर्फ पनि ध्यान दिन आग्रह गरिन् । नगरपालिकालाई हरियली र स्वच्छ वातावरण बनाउन सबैको नागरिकको कर्तव्य रहेको बताउँदै नगरपालिकाबाट गर्नुपर्ने आवश्यक सहयोगमा कुनै कन्जुस्याई नहुने बताईन् । उपप्रमुख लामाले क्रियटिभ सरसफाई प्रा.लि.संग नगरपालिका समन्वय गरि काम गर्न तयार रहेको बताईन् ।

त्यस्तै नगर प्रवक्ता एवम् वडा नं. ५ का अध्यक्ष नारायणबहादुर सुवेदीले वातावरण संरक्षणमा हरेक नागरिकले चिन्तन, मनन गर्नुपर्ने बताए । फोहोर व्यवस्थापनमा सबै नागरिकको कर्तव्य रहेको बताउँदै घरबाटै फोहोरको उचित व्यवस्थापन गरेमा प्रदुषण न्यूनिकरणमा सहयोग पुग्ने बताए । वडाध्यक्ष सुवेदीले फोहोरमैला व्यवस्थापनमा आएको समस्यालाई सम्बोधन गर्न नगरसभामा नीति तथा कार्यक्रमबारे छलफलको लागि पहल गर्ने प्रतिवद्धता गरे ।

वडा नं. ४ का अध्यक्ष जयराम महतले क्रियटिभ सरसफाईले गरेको काममा कुनै पनि गुनासो नभएको बताउँदै कुनै समस्या आएमा सहजीकरण गर्ने प्रतिवद्धतता गरे । वातावरणीय न्यायको लागि आफ्नो घरदैलो वा सार्वजनिक जग्गामा वृक्षरोपण कार्यक्रमलाई निरन्तरता दिन उनले आग्रह गरे ।

कार्यक्रममा फोहोरमैला व्यवस्थापन संघ नेपालका केन्द्रीय अध्यक्ष धनप्रसाद आचार्यले फोहोरमैलाको काम गर्न सरकारको नीतिगत अस्पष्टताको कारण समस्या उत्पन्न भएको बताए । अध्यक्ष आचार्यले फाहोरमैला संकलन संवेदनशील र कठिन कार्य भएकाले सजकता अपनाउनुपर्ने बताए । अव वैज्ञानिक र व्यवस्थित ढंगबाट काम गर्न पूर्वाधार निर्माणमा समस्या आउने भएकाले राज्यले उचित व्यवस्थापनमा सहयोग गर्नुपर्ने बताए ।

कार्यक्रमका सभाध्यक्ष एवम् क्रियटिभ सरसफाई प्रा.लिका अध्यक्ष बबरमान तामाङले फोहोर व्यवस्थापनलाई थप व्यवस्थित बनाउन स्थानीय सरकारले समन्वय गरिदिन आग्रह गरे । उनले घर, अफिस तथा कारखानाबाट निस्किने फोहोरलाई वर्गिकरण गरि राख्न अझै चेतनामूलक कार्यक्रमको खाँचो परेको बताउँदै स्थानीय सरकारले त्यसतर्फ पनि ध्यान दिनुपर्ने बताए । सेवाग्राहीहरूलाई कुहिने र नकुहिने फोहोरलाई छुट्टाछुट्टै राखेर संकलनकर्तालाई सहयोग पु¥याईदिन आग्रह गरे । क्रियटिभ सरसफाई प्रा.लिले गोकर्णेश्वर नगरपालिकाको विभिन्न ठाउँको फोहोर संकलनका साथै समयानुसार जनचेतना अभिवृद्धि एवम् सडक सरसफाईमा समेत महत्वपूर्ण कार्य गर्दै आईरहेको बताए ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.