जेठ २४, काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी निरीक्षक (इन्सपेक्टर) पक्राउ परेका छन् ।
एक १३ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार (बलात्कार प्रयास) गरेको आरोपमा शिवाकोटीलाई प्रक्राउ गरिएको हो । प्रहरी स्रोतका अनुसार सिवाकोटीले ती बालिकालाई यौन दुर्व्यवहार र कुटपिट गर्ने गरेका थिए । उनी हाल प्रहरी वृत्त स्वयम्भूको नियन्त्रणमा छन् । शिवाकोटीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

