अध्यक्ष ओली र मेयर शाहबीच टकराव : मिडियालाई भने– गिरिबन्धु टी– स्टेटबारे बालेनलाई सोध्नु

जेठ २१, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गिरिबन्धु टी–स्टेट प्रकरणबारे काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहसँग सोध्न आग्रह गरेका छन् ।

सोमवार संसद्‌ भवनबाहिर सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले सञ्चारकर्मीको गिरिबन्धु टी – स्टेटबारे प्रश्न उठिरहेको छ नि भन्ने प्रश्नको जवाफ दिँदै काठमाडौँका मेयर बालेन शाहलाई सोध्न आग्रह गरे । उक्त प्रश्नमा ओलीले भने, ‘बालेनलाई सोध्नुस् ।’ मेयर शाहले सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै एमाले अध्यक्ष ओलीलाई गिरिबन्धु टी– स्टेटको घोटाला लुकाउन, १० हजार करोडको काण्ड लुकाउन जनता नझुक्काउन भनेका थिए ।

सोमवार मेयर शाहले १० हजार करोडको काण्ड लुकाउन र जनतालाई भुल्याउन सम्पूर्ण राज्य शक्ति लगाएर न्युरोडमा महानगरले बनाउन लागेको फुटपाथलाई फेरि सडक बनाउन लागेको आरोप पनि लगाएका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.