नवलपुरका जनप्रतिनिधीहरु निस्के सडक सफाईमा

सुमन लम्साल,

असोज १, कावासोती।  बिश्व सफाइ दिवसको अवसरमा नवलपरासीका र चितवनमा भव्य रुपले सफाई कार्यक्रम सम्पन्न भएको छ ।

बिश्व सफाइ दिवसको अवसरमा देश  भरि सरसफाइ चलिरहेको बेला नवलपरासीको नवलपुरमा र चितवन विभिन्न संघ संस्थाहरु  भरतपुर  बजार बजारमा सफा गरि बिश्व सरसफाइ गरी मनाएको हो ।  जनप्रतिनिधीकै सक्रियतामा बजार सरसफाई गरिएको हो । कावासोती नगरपालिका प्रमुख चन्द्रा कुमारी पुन, उपप्रमुख प्रेम शंकर मर्दनिया , १७ वटा वडाका वडा अध्यक्ष तथा वडा सदस्यहरु सबै मिलेर  बजारको फोहोर उठाएका छन। विनयि त्रिवेणि गाउँपालीकामा पनि  अध्यक्ष डम्मर ब. जि. सि, उपाध्यक्ष  मिना राना, प्रहरि प्रमुख निरिक्षक राजिव श्रेष्ठ लगायत सम्पुर्ण सुरक्षाकर्मि, भानुदय बहुमुखी क्याम्पसका अध्यक्ष घनश्याम लगायतको उपस्थितमा सफाई सन्चालन भएको थियो  ।

कार्यक्रममा हरियाली संथा, वातावरण जनजागरण बिकास मञ्च, आउ युवा देश बचाउ अभियान लगायतका संस्थाको समेत सहकार्य रहेको  थियो, भने सरकारी कर्मचारी , संघसंस्थाका प्रतिनिधीहरुले पनि सरसफाई गरेका थिए । कावासोती नगरपालिकालाई सफा र सुन्दर नगर बनाउने उदेश्य सहित नगर उपप्रमुख , कावासोती बचाउ अभियानको समेत थालनी गरिएको छ । बिश्वसफाइ दिवसको अबसरमा सफाई कार्यक्रम  बाट सबैभन्दा धेरै फोहोर निकाल्ने र नेपाल सफाइमा सयभन्दा बढी अभियान्ता देशकै सफाईमा लागिपरेका थियो ।

सो कार्यक्रममा बोल्दै बाताबरण जनजागरण विकास मञ्चका अध्यक्ष सुधन लम्सालले अभियान सबैको साझा अभियान भएको बताए । देशभरि अभियान चलिरहदा नवलपुरका युवाहरू शोतः स्फुर्त सफाईमा    लागिपरेका हुन।  सबैले यो अभियानमा लाग्न र सहयोगमा गर्न विभिन्न जिल्लामा र देश भरी   व्यस्त भएको युवा अभियान्ता बीरेन्द्र पौडेलले बताए  । यस्तो सरसफाई कार्यक्रममा सघाउनु र सघाउन सबैलाई आह्वान गर्दै जनप्रतिनिधिको उपस्थितले कार्यक्रम थप हौसला प्रदान भएको  हरियाली संस्थाका अध्यक्ष एल. एन दवाडीले बताए  ।

 कारिब १ हजारभन्दा बढी  युवा अभियान्ता स्वयम्सेवक, नगर भरिका सबै सरकारि एवं गैरसरकारी कार्यालय, जनप्रतिनिधि , राजनैतिक दल, संघसंस्था, बिद्यालय , शिक्षक, बिद्यार्थी , व्यापारी, पत्रकार, टोल सुधार समिति , वन उपभोक्ता  समिति , महिला समुह, बाल क्लब , सहकारी संस्था , युवा क्लब सबैको उपस्थिति थियो। सबैको सहयोगले काममा थप उत्साह आएको अभियान्ता बिमल अधिकारीले बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.