प्रचण्ड-ओली र देउवाबीच भेटवार्ता

जेठ २१, काठमाडौँ । प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शीर्ष नेताहरु छलफलमा जुटेका छन् । प्रधानमन्त्री एवम् माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा भेटवार्ता भइरहेको हो ।

सहकारीको रकम हिनामिनाबारे छानबिन गर्न संसदीय छानबिन समिति गठन भएपछि पहिलो पटक तीन नेताबिच एकै पटक भेटवार्ता भएको हो । उनीहरुबीच छलफलमा सरकारले ल्याएको बजेटसहित पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भइरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.