गाउँपालिकाको २६ वटा सिफारिश निःशुल्क

असोज १, इनरुवा । सुनसरीको कोशी गाउँपालिकाले जनताको सेवाका लागि २६ वटा सिफारिश निःशुल्क गर्ने निर्णय गरेको छ । गाँउपालिकाले जनताको सेवालाई सहज बनाउन र जनतामाथि करको भार पर्न नदिनका लागि २६ वटा सिफारिश निःशुल्क गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष ऐयुव अन्सारीले बताउनुभयो ।

गाउँपालिकाले मोही नामसारी तथा मोही बाँडफाँट सिफारिश, निवेदन दस्तुर, कच्ची घर प्रमाणित, बसोबास प्रमाणित, नाम थर उमेरलगायत संशोधन, टिनको छाना भएको कच्ची घर कायम सिफारिश, तीनपुस्ते खुल्ने सिफारिशलगायतका सिफारिश निःशुल्क गरेको छ । त्यसैगरी नागरिकता प्रमाणपत्र सिफारिश, नागरिकता सर्जमीन, नागरिकताको प्रतिलिपि सिफारिश, अङ्गीकृत नागरिकता सिफारिश, वैवाहिक अङ्गीकृत, विवाह प्रमाणपत्र, जन्म प्रमाणित, मृत्यु प्रमाणित, बसाइँसराइ प्रमाणित, अविवाहित प्रमाणित, चारित्रिक एवं सूचीकृत वर्ग सिफारिश कोशी गाउँपालिकामा स्थायी बसोबास नभएको हकमा, कृषिसम्बन्धी सिफारिश बोरिङ गर्नेसमेत, व्यवसाय बन्द गर्ने सिफारिश, नाता प्रमाणित नेपालीमा, नाता प्रमाणित अङ्ग्रेजीमा, नम्बरी जग्गाको रुख काट्ने सिफारिश, विद्युत् सिफारिशलगायतका सिफारिश निःशुल्क गर्ने निर्णय भएको गाउँपालिकाकी उपाध्यक्ष अनितादेवी यादवले जानकारी दिनुभयो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.