भदौ ३१, काठमाडौं । साउदी अरबमा काम गर्ने नेपालीले अब न्यूनतम १३ सय रियाल तलब पाउने भएका छन् । नेपाल सरकारले साउदी अरबका लागि १३ सय रियाल अर्थात करिब ३९ हजार नेपाली रुपैयाँ न्यूनतम तलब निर्धारण गरेको हो ।
अब साउदी रोजगारदाता कम्पनीले नेपाली कामदार लैजानु परे न्यूनतम तलब एक हजार रियाल र खाना वापत ३ सय गरी १३ सय रियाल तलव दिनुपर्नेछ । श्रम, रोजगार तथा सामाजीक सुरक्षा मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदको बैठकले कामदारको न्यूनतम तलब तोकेको हो। यसअघि खानासहित एक हजार रियाल तलब थियो ।
यो तलब अदक्ष अन्र्तगत रहेका लेवर, क्लिनर, हेल्पर, स्वीपर, अफिस ब्वायं र वाचमेनले पाउनेछन् । त्यस्तै अर्ध दक्ष कामदारलाई भने मासिक १५ सय देखि १८ सय रियाल तलब दिनुपर्ने हुन्छ । व्यवसायीक अन्र्तगतका कामदारहरुले भने मासिक ५ हजार देखि ११ हजार रियाल तलब पाउनेछन् । यो तोकिएको भन्दा कम तलब दिएमा सरकारले साउदी जान रोक लगाउनेछ ।

