७१ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा प्रभातफेरी (तस्बीरमा)

जेठ १६, काठमाडौँ । आज ७१औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै छ । यस अवसरमा काठमाडौँमा प्रभातफेरी गरिएको छ ।

विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला टेक्न सफल भएको ७१ वर्ष पुगेको अवसरमा उक्त दिवस मनाउने गरिएको छ । यस वर्ष अन्तर्राष्ट्रिय सगरमाथा दिवसको नारा ‘विश्वको सर्वोच्च शिखर सगरमाथा, नेपालको पहिचान र गौरव’ रहेको छ । नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्यूजिल्याण्डका एडमण्ड हिलारीले सन् १९५३ मे २९ तारिख अर्थात् आजकै दिन पहिलोपटक सगरमाथामा पाइला राखेका थिए ।

शेर्पा र हिलारीले पहिलोपटक सगरमाथामा आफ्नो पाइला राखेको स्मरण गर्दै सगरमाथा आरोहणको ७१औँ वर्ष पुगेको अवसरमा नेपाल पर्वतारोहण सङ्घ (एनएमए)  को मुख्य आयोजनामा प्रभातफेरी गरिएको हो । प्रभातफेरीमा ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान), नेपाल एशोसिएसन टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा), ठमेल पर्यटन विकास परिषद्लगायतका विभिन्न पर्यटनसँग सम्बन्धित सङ्घसंस्थाका अध्यक्ष एवं सदस्यहरुको सहभागिता रहेको थियो । सगरमाथामा मानव पाइला पुगेसँगै नेपालमा पर्वतीय पर्यटनको सुखद् सुरुआत भएको थियो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयद्वारा ७१ अ‍ौँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस २०२४का अवसरमा आयोजित र्‍यालीमा मौलिक वेशभूषासहित डम्फु बजाएर नाच्दै सहभागीहरु । तस्बिर : हरिराम भेटुवाल / रासस

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.