आज ७१औँ सगरमाथा दिवस मनाइँदै

जेठ १६, काठमाडौं । आज अन्तराष्ट्रिय सगरमाथा दिवस । ७१ वर्षअघि सगरमाथाको शिखरमा मानव पाइला पुगेको सम्झनामा मे २९ लाई अर्थात दिनलाई सगरमाथा दिवसको रुपमा मनाइन्छ ।

नेपाल सरकारले सन् २००८ देखि मे २९ लाई अन्तर्राष्ट्रिय रुपमै यो दिवस मनाउन निर्णय गरेको थियो । यस वर्ष सरकारले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको पहिचान र गौरव भन्ने नाराका साथ दिवस मनाउन लागेको छ । सन् १९५३ मा नेपालका तेञ्जिङ नोर्गे शेर्पा र न्युजिल्याण्डका सर एडमण्ड हिलारीले पहिलोपटक सगरमाथा आरोहण गरेका थिए । त्यसपछि सुरु भएको आरोहणमा पछिल्ला दुई दशकमा निकै आकर्षण बढेको छ । कोरोना महामारीले ठप्प बनेको हिमाल आरोहणमा त्यसयता नेपाली र विदेशीको आकर्षक गन्तव्य बनेको छ ।

पर्वतीय पर्यटनको क्षेत्रमा काम गर्नेहरुले यो दिनलाई विशेष मान्छन् । सगरमाथाले नेपाललाई विश्वमाझ चिनाइरहेको छ । त्यस्तै आज मानिस र सगरमाथाबिचको सामिप्यता बढाउने दिन हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.