गृहमन्त्री लामिछानेकाे घाेषणा- रजस्वला हुँदा चार दिन महिला ट्राफिकलाई बिदा

जेठ १५, काठमाडौं । महिलालाई ट्राफिकलाई रजस्वला हुँदा चार दिन बिदा दिइने भएको छ । गणतन्त्र दिवसको अवसर पारेर उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सानो प्रयास भन्दै महिला ट्राफिकलाई रजस्वला हुँदा चार दिन बिदा दिने जानकारी दिएका हुन् ।

रजस्वलाको समयमा महिला ट्राफिकलाई बिदा दिँदा उनीहरूको सट्टा ट्राफिक नियम उल्लंघन गर्नेहरूलाई स्वयंसेवकको रुपमा सडकमा खटाउने गृहमन्त्री लामिछानेले जानकारी दिए । “गणतन्त्र दिवस अवसरमा शुभकामना सहित एउटा सानो प्रयासः अबदेखि महिला ट्राफिक प्रहरीहरूले महिनावारीका चार दिन सडकमा डिउटी गर्नुपर्दैन, मापसेलगायत ट्राफिक नियमको उल्लंघन गर्नेहरूले स्वयंसेवकका रूपमा उहाँहरूको साटो सडकमा सघाउनुहुनेछ,” गृहमन्त्री लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.