जेठ १४, काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तरगत पत्रकारिता तथा आम सञ्चार केन्द्रीय विभागको भवन परिसरमा वृक्षरोपण गरेको छ ।
सोमबार विभागीय प्रमुख प्रा. प्रवलराज पोखरेलको नेतृत्वमा स्नाकत्तोर प्रथम र तेस्रो सेमेस्टर अध्ययनरत विद्यार्थीहरूले वृक्षरोपण गरेका हुन् । वृक्षरोपण कार्यक्रममा विद्यार्थीहरूका साथ सोही क्याम्पसमा अध्यापन गर्नुहुने डा. देवराज अर्याल, डा. कुन्दन अर्याल, घमराज लुइटेल तथा क्यम्पस प्रशान कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

नवनिर्मित भवन परिसरलाई शान्त, रमणीय तथा शौन्दर्य हरियाली वातावरण बनाउने उद्देश्यका साथ वृक्षरोपण कार्य आरम्भ गरेको विभागीय प्रमुख पोखरेलले बताउनुभयो । वृक्षरोपण कार्यक्रममा विद्यार्थीहरूको साथ पाएकोमा खुशी व्यक्त गर्दै आगामी दिनहरूमा पनि विरूवाको संरक्षण तथा थप विरूवाहरू रोप्न आग्रह गर्नुभयो । विरूवा, रूखले मानव जीवनलाई अक्सिन तथा थुप्रै फाईदा प्रदान गर्ने हुँदा हरेक शैक्षिक संस्थामा वृक्षरोपण गर्नु आवश्यक रहेको बताउनुभयो ।

वृक्षरोपणका कार्यक्रममा बोल्नुहुदै अध्यापक डा. देवराज अर्यालले हरेक प्रकारका पूर्वाधार निर्माण गर्दा भविश्यको पुस्ताको लागि उपभोग हुने गरी तयार गरेको हुन्छ र त्यसलाई थप सन्तुलनमा राख्न बोटविरूवाले सहयोग गर्ने बताउनुभयो । बोटविरूवाले वातावरणलाई सन्तुलनमा राख्नुको साथै मानव जीवनलाई सकारात्मक उर्जा प्रदान गर्न मद्दत प¥याउने डा. अर्यालले बताउनुभयो ।

त्यस्तै अध्यापक घमराज लुइटेलले वृक्षरोपण मानव जीवनको प्रक्रिया भएको बताउनुभयो । विरूवाले ठूलो हुँदै जाँदा छहरी दिने र मानव जीवनलाई आनन्द प्रदान गर्ने बताउनुभयो । विरूवाले मानव जातिलाई समयानुसार परिवर्तन हुन सिकाउने भएकोले एक प्रकारको सञ्चार प्रक्रिया भएको लुइटेलले बताउनुभयो ।

सुन चाप, ज्याकारण्डा, रूद्रक्ष, एभोकाडो, ड्रागन फ्रुट, धुपी लगायत विभिन्न प्रजातीका विरूवाहरू रोपेका थिए ।
वृक्षारोपणको महत्त्व
अक्सिजनः मानिसलाई स्वास फेर्न प्रतिदिन १७.५ के.जी. अक्सिजनको आवश्यकता पर्छ जुन ७ वटा रुखहरुले प्रति रुख २.५ के.जी. अक्सिजन दिएर पूर्ति गरिदिन्छन् ।
खानाः रुखहरूबाट हामीले गाँस, वास र कपासको आवश्यकता परिपूर्ति गर्छौ । गाँस प्राप्त हुने १ हेक्टर कृषि क्षेत्रका लागि झन्डै २ हेक्टर रुखहरू भएको वनको आवश्यकता पर्छ जसले कृषिका लागि चाहिने पोषक तत्त्व जस्तैः फस्फोरस, पोटास, नाइट्रोजन आदिको पूर्ति गरिदिन्छ ।
जल चक्रको नियमनः रुखहरुले वर्षातको पानीलाई आफ्नो हाँगा, काण्ड हुँदै जमिन मुनी पानीको भण्डारण गरी मूलको रूपमा पानी बाहिर आउन सहयोग गर्दछन् ।
जैविक विविधताको संरक्षणः एउटै रुखले सयौँ किरा, पुतली, चरा, स्तनधारीहरुलाई आश्रय स्थल प्रदान गर्नुका साथै रुखबाट झरेका पात, काठहरू कुहिदा लाखौँ आँखाले नदेखिने व्याक्टेरिया, भाइरस, मृतजीवीहरुलाई पारिस्थितिक कार्य सुचारु गर्नमा सहयोग गर्दछन् ।

