गण्डकी प्रदेशका मुख्यमन्त्रीको पदमुक्त, विश्वासको मत असंवैधानिक ठहर

जेठ १४, काठमाडौं । सर्वोच्च अदालतले गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले लिएको विश्वासको मतलाई असंवैधानिक घोषणा गर्दै पदमुक्त हुने फैसला सुनाएको छ ।

न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासले सोमबार मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मत संविधानसम्मत नभएको ठहर गरेको हो । अदालतले उक्त विश्वासको मत अवैध ठहर गरेको हो । आदेशसँगै अब उनी पदमुक्त भएका छन् । अदालतले गण्डकी प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ ।

नेकपा एमालेबाट मुख्यमन्त्री भएका अधिकारीले ६० सदस्य प्रदेशसभामा ३० जनाको मत पाएका थिए । उनको विश्वासको मतलाई सभामुखले बहुमत भनी सदर गरेका थिए। त्यसविरुद्ध नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डे सर्वोच्चमा मुद्दा दायर गरेका थिए । नेता सुरेन्द्र पाण्डेको अधिकारीविरुद्ध यो दोस्रो रिट हो। यसअघिको रिट खारेज गरिएको थियो। खारेजपछि मुख्यमन्त्री अधिकारीले विश्वासको मत लिएका थिए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.