आफ्नै कोठामा लागेको आगोमा परी युवकको मृत्यु

जेठ १४, काठमाडौं । काठमाडौंको बानियाँटारमा आफ्नै कोठामा लागेको आगोमा परी एक युवकको ज्यान गएको छ ।

आइतबार राति टोखा नगरपालिका–१, बानियाँटारमा लागेको आगोमा परी दोलखाका २१ वर्षीय किरण बुढाथोकीको ज्यान गएको हो । उनी बानियाँटारमा खेमनारायण चालिसेको घरमा भाडामा बस्दै आएको प्रहरीले जनाएको छ ।

उनी बस्ने कोठामै राति आगो लागेको खुलेको छ । आगोमा परी घाइते भएका बुढाथोकीलाई प्रहरीले उद्धार गरेर त्रिवि शिक्षण अस्पताल पठाइएको थियो । तर, उनको उपचारकै क्रममा मृत्यु भएको काठमाडौं प्रहरीका एसपी नवराज अधिकारीले जानकारी दिए । आगलागीको कारण भने खुलेको छैन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.