फुटपाथ विस्तार विरोधमा सडकमा उत्रिए न्युरोडका स्थानीय

जेठ १४, काठमाडौं । काठमाडौँ महानगरविरुद्ध न्युरोडका स्थानीय प्रदर्शनमा उत्रिएका छन् । काठमाडौंको व्यापारिक केन्द्र न्युरोडको सडकलाई साँघुरो पार्ने महानगरपालिकाको योजनाको स्थानीयले विरोध गरेका हुन् ।

सडक साँघुरो बनाएर फुटपाथ निर्माण गर्न लागेको भन्दै महानगरपालिकाको योजनाको विरोधमा स्थानीयले मानव साङ्लो बनाएर साङ्केतिक प्रदर्शन गरेका छन् । महानगरले ९ माघ २०८० देखि नै व्यापारिक क्षेत्र न्युरोडका सडक दायाँबायाँ पार्किङ हटाएर फुटपाथको चौडाइ बढाउन निर्माण कार्य सुरु गरिसकेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.