प्रथम देउराली कप कराते असोजमा

भदौ ३१, काठमाडौं । नेपाल सितेरियो कराते संघ देउराली डोजो, नयाँबानेश्वरको आयोजनामा प्रथम देउराली कप खुला कराते प्रतियोगिता तथा स्रष्टा सम्मान कार्यक्रम असोज १९ र २० गत हुने भएको ।

बिजया दशमी तथा दिपावलीको अवसरमा आयोजना गर्न लागिएको प्रतियोगितामा जुनियर ब्वाईज तर्फ २०–६५ केजी तौल खुला, एकल तथा समूह काता गरि १३ तथा गल्र्सतर्फ २०–६१ केजी तौल खुला, एकल तथा समूह काता गरि १२ समूहमा प्रतिस्पर्धा गराउने आयोजकले जनाएको छ । २५ स्वर्ण पदकका लागि काठमाण्डौ लगायत १६ जिल्लाका करिब ५०० खेलाडीहरुले प्रतियोगितामा विभिन्न तौल समूहमा प्रतिस्पर्धा गर्ने डोजोका प्रशिक्षक एवं दक्षिण एशियाली खेलकुदका स्वर्ण धारी कुशल श्रेष्ठले जनाएका छन् ।

भिमसेन गोला मा.वि.का अध्यक्ष राजेश जोशीको संयोजकत्वमा हुने प्रतियोगिता खरिबोट नयाँ बानेश्वरमा हुने छ । अहिले सम्म डोजोबाट समाजमा प्रतिष्ठित ब्यक्तिहरुलाई उत्पादन गरिसकेको छ । जसमा सुधिर नेवा, पूर्वमन्त्री महेश बस्नेत, कराते प्रशिक्षक तुलसी महर्जन, दूर्लभ कार्की, ब्यवसायी लिलेन्द्र प्रधान तथा निर्मल सेढाँई जस्ता ब्यक्तित्वहरु यसै संस्थाका उत्पादन हुन् ।्

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.