मुलुकमा राजनीतिक स्थिरताको आवश्यकता– महासचिव पोखरेल

जेठ १३, काठमाडौँ । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले संसद्मा अवरोध नगर्न नेपाली कांग्रेसलाई आग्रह गर्नुभएको छ । उहाँले  भन्नुभयो,“संसद्को अवरोधका पछाडि अहिलेको सत्ता समीकरण भत्काउने नियत लुकेको हुनसक्छ । ”

पार्टीको बिर्तामोड नगर कमिटीको आज आयोजित दोस्रो नगर अधिवेशनमा महासचिव पोखरेलले  मुलुकमा राजनीतिक स्थिरताको आवश्यकता रहेको औँल्याउनुभयो  । कोशी प्रदेशको नामाकरणमाथि प्रश्न उठाउने र लोकप्रियताको नारा लगाउने दुवै खाले शक्तिहरु इलामको उपनिर्वाचनमा जनताले दिएको अभिमतबाट परास्त भएको उहाँले दाबी गर्नुभयो । पार्टीका नगर अध्यक्ष सुवास भट्टराईको अध्यक्षता भएको अधिवेशनमा एमाले का स्थायी कमिटी सदस्य अग्नी खरेल लगायतले मन्तब्य व्यक्त गर्नुभएको थियो ।

झापाका चार पालिकामा नेतृत्व चयन
एमालेले झापाका १५ वटा पालिकामध्ये चार वटा नगरपालिकामा पार्टीको पालिका समिति हालै निर्वाचित गरेको छ ।  मेचीनगरमा राजु कार्कीको अध्यक्षतामा नयाँ कार्य समिति गठन भएको छ भने शिवसताक्षी नगर कमिटीको अध्यक्षमा मेदनी दङ्गाल निर्वाचित हुनुभएको छ । यसैगरी, पार्टीको झापा गाउँपालिकाको गाउँ कमिटी अध्यक्षमा मोहन घिमिरे र दमक नगर कमिटीको अध्यक्ष पदमा राम पौडेल निर्वाचित हुनुभएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.