बजेट भाषण मंगलबार दिउँसो १ बजे

जेठ १३, काठमाडौं । सरकारले आर्थिक वर्ष २०८१÷ ०८२ को बजेट मंगलबार दिउँसो ल्याउने भएको छ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले सरकारले आर्थिक वर्ष २०८१÷०८२ को बजेट १५ गते दिउँसो पौने १ बजे प्रस्तुत गरिने जानकारी दिए ।

बजेट वक्तव्यका लागि मंगलबार दिउँसो १ बजे सङ्घीय संसदको संयुक्त बैठक बोलाइएको छ । त्यसका लागि समयमै सभामा उपस्थित हुन सांसदहरुलाई उनले आग्रह समेत गरेका छन् । संविधानको धारा ११९ अनुसार संघीय संसदको संयुक्त बैठकमा जेठ १५ गते नै बजेट प्रस्तुत गर्नुपर्ने व्यवस्था छ । आगामी आर्थिक वर्षको बजेट अर्थमन्त्री वर्षमान पुनले प्रस्तुत गर्नेछन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.