युरिया मलको अभाव, किसान निकै चिन्तित

भदौ ३०, कलैया। बारा जिल्लामा यस वर्ष समय–समयमा पानी परेको कारण धानबाली राम्रो भएको भए पनि समयमा युरिया मल अभाव भएको हुँदा किसान निकै चिन्तित भएका छन् ।

वर्षे धानखेतीमा प्रतिहेक्टर १९१ किलोको दरले एक करोड ४६ लाख ६०० किलो युरिया आवश्यकता पर्ने भए पनि सो परिपूर्ति हुनसकेको छैन । किसानको आवश्यकताअनुसारको युरिया मल परिपूर्तिका लागि पहल भइरहेको र चाँडै उपलब्ध हुने कृषि विकास कार्यालयका प्राविधिक सहायक राजवंशी चौरसियाले जानकारी दिनुभयो । वर्षे धानको वाली निकै राम्रो र सुधारोन्मुख रहेको जिल्ला कृषि विकास एकाइ कार्यालय कलैयाले जनाएको छ ।

यस वर्ष कृषकले कूल ५२ हजार ६०० हेक्टर क्षेत्रफलमा वर्षे धान भदैया, अगहनी, खेती गरेका छन् । भदैया धान १२ हजार ६०० हेक्टर, अगहनी धान ४० हजार हेक्टरमा किसानले लगाएको जिल्ला कृषि विकास एकाइ कलैयाले जानकारी दिएको छ । गत वर्ष ५२ हजार १७२ दशमलव ८ मेट्रिकटन धान उत्पादन भएको चौरसियाले बताउनुभयो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.