बागमती प्रदेश संसदीय समितिका सभापतिहरूले लिए शपथ

जेठ ७, हेटौँडा । बागमती प्रदेश संसदीय समितिका ६ जना सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रदेशसभा सचिवालयमा आयोजित समारोहमा विषयगत समितिका ६ जना सभापतिले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले उनीहरूलाई शपथ ग्रहण गराएका हुन् । प्रदेशसभाको प्रदेश मामिला समितिका सभापति छिरिङदोर्जे लामा, सार्वजनिक लेखा समितिका सभापति श्रीराम लामिछाने, शिक्षा स्वास्थ्य तथा कृषि समिति सभापति ठाकुरप्रसाद ढकाल, उद्योग पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठ, अर्थ तथा विकास समितिको सभापतिमा नुरज बज्राचार्य र विशेषाधिकार समितिका सभापति मायादेवी शर्माले शपथ ग्रहण गरेका हुन् ।

प्रदेश मामिला समिति सभापति लामा र सार्वजनिक लेखा समिति सभापति लामिछाने कांग्रेसबाट प्रदेशसभा सदस्य हुन् भने शिक्षा स्वास्थ्य तथा कृषि समिति सभापति ढकाल माओवादी केन्द्र, उद्योग पर्यटन तथा वातावरण समिति सभापति श्रेष्ठ एमाले, अर्थ तथा विकास समिति सभापति बज्राचार्य राप्रपा र विशेषाधिकार समितिको सभापति शर्मा एकीकृत समाजवादीका सांसद हुन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.