भदौ २९, काठमाडौं । अमेरिकी अधिकारीहरुले अमेरिकाको पूर्वी तटको नजिकहुँदै आइरहेको समुन्द्री आँधी फ्लोरेन्सका कारण ठूलो संख्यामा मानिसहरुको मृत्यु हुन सक्ने चेतावनी दिएका छन् ।
फेडरल इमरजेन्सी म्यानेजमेन्ट एजेन्सीका वरिष्ठ अधिकारी ब्रोक लोंगले समुन्द्री आँधीका कारण नजिकका तटिय इलाकामा बाढी आउन सक्ने बताएका छन् । फ्लोरेन्स आँधीको रफ्तार १६५ किलोमिटर प्रतिघण्टा रहेको बताइएको छ । हावाको गतिका कारण खतरा उत्पन्न भएको अधिकारीहरुले बताएका छन् । भर्जिनीया र केरोलिना राज्यमा केही फिटसम्म पानी जम्न सक्ने खतरा रहेको छ । आँधीको रफ्तार केही कम भए पनि त्यसको कारणले हुन सक्ने बर्षामा भने कुनै कमि नहुने अधिकारीहरुको भनाइ छ । मौसम वैज्ञानिकहरुले फ्लोरेन्सको बास्तविक असर स्थानीय समयअनुसार शुक्रबारको साँझ देखिने छ ।
क्षतिको आशंकामा उत्तरी क्यारोलिना, दक्षिणी क्यारोलिना र भर्जिनियाको तटीय इलाकाका झण्ठै १७ लाख व्यक्तिलाई सुरक्षित स्थानमा जान निर्देशन दिइएको छ । जोखिमयुक्त क्षेत्रका विमानस्थलहरु बन्द गरिएको छ ।–एजेन्सी

