मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक बुधबार बिहानदेखि अवरुद्ध

भदौ २९, म्याग्दी । म्याग्दीको उत्तरी क्षेत्र हुँदै हिमाली जिल्ला मुस्ताङ जोड्ने बेनी–जोमसोम सडक बुधबार बिहानदेखि अवरुद्ध बनेको छ ।

अन्नपूर्ण गाउँपालिका ३ दानास्थित रुप्से खण्ड र थासाङ गाउँपालिका ४ घाँसामा पहिरोले सडक बगाएपछि ७६ किलोमिटर दुरीको बेनी–जोमसोम सडकमा सवारी आवतजावत बन्द भएको हो । रुप्से झरना नजिकै करिब दश मिटर सडक पहिरोले बगाएको छ भने मोटरेबल पुल नजिकै माथिबाट खसेको पहिरोले सडक पुरिएको छ ।

रुप्सेखोलामा आएको बाढीले मोटेरबल पुलको एकतर्फको जगलाई क्षति पुर्‍याएको छ । एक्साभेटर प्रयोग गरेर सडक मर्मतको काम भइरहेको बेनी– जोमसोम–कोरला सडक आयोजनाका सुपरभाइजर ईन्द्रसिंङ शेरचनले बताए । शनिबारसम्म सडक खुलाउन सकिने उनको भनाइ छ । सडक अवरुद्धहुँदा स्थानीयबासीका साथै मुस्ताङ जाने आउने पर्यटक र तीर्थयात्रीहरु प्रभावित भएका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.