राजेन्द्र महतोले असार ४ गते नयाँ दल घोषणा गर्दै

जेठ ५, काठमाडौं। राजेन्द्र महतोको नेतृत्वमा सञ्चालित राष्ट्रिय मुक्ति क्रान्तिलाई औपचारिक रुपमा राजनीतिक पार्टीको रुपमा घोषणा गरिने भएको छ।

आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलन मार्फत संयोजक महतोले आगामी असार ४ गते माइतीघर मण्डलामा एक आमसभा गरेर राजनीतिक पार्टीको रुपमा घोषणा गरिने बताए। उनले पत्रकार सम्मेलन मार्फत एक महिने जनजागरण कार्यक्रम संचालन गर्ने पनि घोषणा गरे। पूर्वको पाँचथर देखि पश्चिमको दाङ सम्म जनता सम्म पुगेर भेटघाट, प्रशिक्षण र तयारी कार्यक्रम गर्ने उनले जानकारी दिए। यो कार्यक्रम आगामी जेठ ६ देखि असार ४ सम्म सञ्चालन गरिने उनले जनाए।

यसैगरी आगामी २०८१ जेष्ठ २१ गते दाङ, जेष्ठ २६ गते विराटनगर, जेष्ठ २९ गते बुर्तिबाङ, असार १ गते लालबन्दी र असार ४ गते गते काठमाडौंमा विशाल जनप्रदर्शन गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो। महतोका अनुसार कार्यक्रमको अन्तिम दिन असार ४ गते काठमान्डौंको माइतीघर मण्डलाबाट राष्ट्रिय मुक्ति क्रान्तिलाई औपचारिक रुपमा राजनितिक पार्टीमा रुपान्तरण गरिने छ।

जनतामा पुगेर संगठन विस्तार गर्ने, जनतालाई राष्ट्रिय मुक्ति क्रान्तिमा सहभागी गराएर जनताको सह‌योग जुटाउन एक महिने जनजागरण कार्यक्रम सञ्चालन गर्न लागेको महतोले बताए। यस अभियानले आफूहरुलाई थप उचाइमा पुर्‍याउने र संगठन समेत थप मजबुत हुने बिश्वास भएको उनले बताए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.