भीम लामा ।
नेपाल साँस्कृतिक विविधताले धनी देश हो । यहाँ विभिन्न जातजाति र समूह र आस्था बोकेका मानिस बसोबास गरेका छन् । बहुभाषा, धर्म, संस्कृति र रहनसहन नेपालको विशेषता हुन् । मौलिक परम्परा र सांस्कृति इतिहासले नेपाललाई नेपाललाई चिनाउन सफल भएको छ । पूर्खादेखिको प्रतिभा कलाले झन राष्ट्रलाई चिनाउन र विदेशी भ्रमणमा ल्याउन ओझ पु¥याएको छ ।
विविधतायुक्त नेपालको सुन्दर संस्कारले विश्वका मानिसहरू अध्ययन, अवलोकका लागि भ्रमण गर्न आउँछन् । विशेष गरि नेपाली मौलिक संस्कृति र रहनसहनले गर्दा विदेशीलाई थप आकर्षण गरेको छ । नेपालीहरूको सीप, कला, उत्पादन, संस्कार लगायत विविध गतिविधि हेर्न आउनु राष्ट्रको आर्थिक स्तर वृद्धिमा सहयोग पुग्नु हो । नेपालमा विशेष गरि आदिवासी जनजाति समुदायमा विभिन्न संस्कार र संस्कृति रहेको छ । जसले आफ्नो अधिकारदेखि पहिचान जोगाईराख्न सहयोग पु¥याएको छ । त्यस्तै झाँक्री एक साँस्कृतिक परम्परा हो । आदीवासी जनजाति समुदायमा झाँक्री (बौन्बो), लामाले छुट्टै पहिचान दिन सफल भएको छ ।
पहिचानको आन्दोलन होस् या कुनै उत्सवमा झाँक्रीलाई झाँकीको रूपमा प्रस्तुत गराउँदै आएको छ । झाँक्री जनजाति समुदायको एक मौलिक संस्कृति अन्तरगत पर्दछ । झाँकी एक खालको अलौकिक शक्तिको स्रोत मानिएको छ । विरामी पर्दा या घर चोख्याउन झाँक्रीको प्रयोग गरिन्छ । त्यही झाँक्रीलाई आजभोलि राजनीतिक आन्दोलन, सामाजिक तथा साँस्कृतिक प्रर्दशनमा समेत सहभागी गराउँदै आएको छ । ड्याङ्ग्रो, रूद्रक्ष माला, मयुरको प्वाख, घन्टा लगायत सेतो जामासहित सडकमा आउँदा छुट्टै महोल बन्छ ।
आन्दोलन वा प्रर्दशनमा महोल बनाएसंगै झाँक्री संस्कार पनि प्रर्वद्धन हुदा संस्कृतिको संरक्षणमा टेवा पुगेको छ । झाँक्री प्रर्दशनले सबैको मन तान्न सक्ने भएकोले झाँक्रीलाई सडकमा सहभागी गराएको आयोजकहरू बताउँछन् । त्यस्तै वैशाख २४ गते बागमति प्रदेश सरकारी कामकाजी भाषा विद्येयक कार्यान्वयको शुभारम्भका दिन सयभन्दा बढी झाँक्रीको उपस्थिति थियो । तामाङ र नेपाल भाषालाई सरकारी कामकाजी भाषा प्रयोगमा ल्याउन विभिन्न आन्दोलन तथा प्रर्दशनमा समेत झाँक्रीको उपस्थिति रहदै आएको थियो । यस पटक भने आदीवासी जनजातिहरूको पहिचानको अधिकार स्थापित गर्न उलेख्य भूमिका खेलेका छन् ।
सांस्कृतिक पहिचान सहित शुभारम्भ कार्यक्रमको उत्सवमा सहभागी भएका तामाङ र नेवार समुदायसंगै झाँक्रीले आफ्नो छुट्टै रचनात्मक कला प्रर्दशन गरी कार्यक्रमको सोभा बढाएका थिए । काठमाडौँको बसन्तपुरमा उक्त कार्यक्रमलाई प्रधानमन्त्री पुष्पकमल दाहालले शुभारम्भ गरेका थिए । सोही कार्यक्रममा सहभागी झाँक्रीहरूको तस्बीर यस्तो छ ।









