प्रतिनिधिसभामा कांग्रेस र एमालेका सांसदबिच धकेलाधकेल, बैठक स्थगित

जेठ ३, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नाराबाजी गरेपछि आज पनि प्रतिनिधिसभा बैठक स्थगित भएको छ ।

प्रतिनिधिसभा बैठकमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गरेका आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने र राष्ट्रपति पौडेललाई धन्यवाद ज्ञापन गर्ने कार्यसूची थियो । तर, विषयमा प्रवेश गर्न नपाउँदै कांग्रेसका सांसदहरूले नाराबाजी गर्दै अवरोध गर्‍यो । कांग्रेसको अवरोधका बिच सभामुख देवराज घिमिरेले कार्यसूची अगाडि बढाएका थिए ।

सभामुख देवराज घिमिरेले शून्य र विशेष समय नराखेर राष्ट्रपति कार्यालयबाट आएको पत्र पढेर सुनाए । त्यसपछि सभामुख घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्न समय दिएपछि एमाले र कांग्रेस सांसदबिच धकेलाधकेल भएको छ ।

बैठकमा मुठभेटकै सम्भावना भएपछि सभामुख घिमिरेले बैठक आजका लागि स्थगित गरेको हुन् । अर्को बैठक शुक्रवार बिहान ११ बजेको लागि बोलाइएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.