‘घरेलु मदिरा ब्राण्डिङ कार्यक्रम जनमुखी ढङ्गले अघि बढ्नुपर्छ’

जेठ २, काठमाडौँ ।  सरकारले जारी गरेको नीति तथा कार्यक्रममा घरेलु मदिराको गुणस्तर सुनिश्चित गरी नियन्त्रित उत्पादन, ब्राण्डिङ तथा निर्यात गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेको छ।

संविधान सभा सदस्य उषाकला राईले घरेलु कोदोको रक्सीलाई ब्राण्डिङ गर्ने कार्यक्रम नीति तथा कार्यक्रममा राखेकोमा सरकारलाई धन्यवाद ज्ञापन गर्नुभयो। उहाँले भन्नुभयो, “धेरै खुसी लाग्यो सरकारलाई धन्यवाद दिन चाहन्छु। यो कुरा राष्ट्रिय, अन्तर्राष्ट्रिय रूपमा पनि उठ्यो। हुन त, कोशी प्रदेशको संसदमा मैले पहिलो चोटि यो कुरा बोलेँ।”

वार्षिक रूपमा तीन अर्ब बराबरको विदेशी रक्सी नेपालमा खुलेआम बिक्री वितरण भइरहेको भन्नुहुँदै उहाँले प्रत्येक घर–घरमा उत्पादन हुने रक्सीलाई स्वास्थ्यवर्द्धक एवम् गुणस्तरीय बनाएर ब्राण्डिङ गर्नुपर्ने बताउनुभयो।  उहाँले यो कार्यक्रम गाउँमुखी, समाजमुखी बनाउनुपर्ने सुझाव दिनुभयो। यसअघि डा. पूर्ण कुमार लोप्चनको नेतृत्वमा गठन भएको अध्ययन कार्यदलले महत्त्वपूर्ण दस्ताबेज सरकारलाई बुझाएको उहाँले जानकारी दिनुभयो।

यस्तै, नेकपा (एमाले) नेता शेरबहादुर तामाङले घर–घरबाट उत्पादन हुने रक्सीलाई सङ्कलन केन्द्रमा सङ्कलन गरेर बोतलिङ्ग, ब्राण्डिङ तथा बिक्री वितरण हुनुपर्ने बताउनुभयो। उत्पादन तथा बिक्री वितरणको कार्यलाई करको दायरमा ल्याउने गरी कानुन संशोधन हुनुपर्ने उहाँको भनाइ छ। तामाङले भन्नुभयो, “सकारात्मक कार्यान्वयनको पक्षमा लानुपर्दछ। नेपालको कानुनमा कुनै रोकतोक छैन र यसलाई करको दायरामा लिएर जानुपर्दछ। कुनै एउटा कम्पनीलाई लाइसेन्स दिने कुरा होइन, प्रत्येक नेपाली जो जो उत्पादन गर्न चाहन्छ, उसले लाभ प्राप्त गर्ने गरी कार्यक्रम अघि बढाउनुपर्छ।”

नीति तथा कार्यक्रममा नीति तथा कार्यक्रम ब्रान्डिङको प्रसंग : 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.