राष्ट्रपतिका आर्थिक सल्लाहकार चिरञ्जिवी नेपालको राजीनामा स्वीकृत

वैशाख ३०, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार चिरञ्जिवी नेपालले राजीनामा दिएका छन् । राष्ट्रपति कार्यालयले आइतबार एक विज्ञप्ति जारी गर्दै नेपालको राजीनामा स्वीकृत भएको जानकारी गराएको छ ।

सरकारले गरेको १०० रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णयमा नेपालले असन्तुष्टि जनाउँदै टिप्पणी गरेका थिए । एउटा अन्तरवार्तामा दिएको अभिव्यक्ति विवादित बनेपछि उनले पद त्याग्नुपर्ने अवस्था आएको हो । सरकारले सय रुपैयाँको नोटमा चुच्चे नक्सा राख्ने निर्णय गरेपछि नेपालले त्यसप्रति असन्तुष्टि प्रकट गरेका थिए ।

यस विषयमा राष्ट्रपति स्वयम्ले बोलाएर उनीसँग् सोधपुछ समेत गरेका थिए । सो क्रममा उनले आफ्नो भनाइलाई गलत आशयका साथ प्रकाशन गरिएको भन्दै प्रष्टीकरण दिएका थिए । तर, नेपालको जवाफबाट राष्ट्रपति सन्तुष्ट हुन सकेका थिएनन् । नेपालले एक अन्तर्वार्तामा भनेका थिए, ‘सरकारको निर्णय अनुपयुक्त समयमा आएको छ । भारतसँग सीमा विवाद रहेकै अवस्थामा अन्तर्राष्ट्रिय मान्यताभन्दा बाहिर गएर नोटमा नक्सा छाप्नु अविवेकी निर्णय हो ।’

r

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.