नेपाली साहित्य संसारको आठौँ वार्षिकोत्सव सम्पन्न

वैशाख २९, काठमाडौँ । नेपाली साहित्य संसारको आठौँ वार्षिकोत्सव विभिन्न कार्यक्रमसहित सम्पन्न भएको छ ।

शनिवार काठमाडौँको प्रज्ञा भवनमा भएको वार्षिक उत्सवका केही कार्यक्रमसहित कृति लोकार्पण, स्रष्टा सम्मान एवम् रचना वाचन समारोहका रुपमा प्रस्तुत गरिएको थियो । साहित्यकार डा. रमेश शुभेच्छुको अध्यक्षतामा सम्पन्न सो समारोहका प्रमुख अतिथि विशिष्ट साहित्यकार प्रा.डा जीवेन्द्रदेव गिरी थिए ।

कार्यक्रममा साहित्यकार प्रा. प्रयागराज वाशिष्ठ र साहित्यकार गङ्गा लिगललाई साहित्य सिर्जना र सङ्गठनका विकासमा योगदान गरेवापत सम्मान गरिएको थियो । समारोहमा टीकापुर कैलालीमा बसेर साहित्य साधना गरिरहेका बालकृष्ण खनालको अछुत फूल कृति लोकार्पण गरिएको थियो । लोकार्पित कृतिमाथि साहित्यकार नन्दु उप्रेतीेले समीक्षात्ममक मन्तव्य राखेका थिए । साहित्यकार खगेन्द्र खोल्साघरे, डा. बमबहादुर थापा जिताली, कृष्ण सुवेदी निराकार, कविराज घिमिरे, लालबहादुर भुजेल, डम्बर घिमिरे, मुकुन्द पौडेललगायत दर्जनौँ अतिथिहरु कार्यक्रममा सहभागी भएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि र सभाध्यक्षले पानसमा रहेको दीप प्रज्वलन गरेर कार्यक्रम उद्घाटन गरेसँगै गायत्री चापागाईंले स्वस्तीवाचन गरेका थिए । कार्यक्रमको आरम्भमै आयोजक संस्थाका अध्यक्ष एवम् कार्यक्रमका सभाध्यक्ष डा. रमेश शुभेच्छुले संस्थाको इतिहास, खास खास काम, सहकर्मीहरुको अवस्था र कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दे स्वागत गरेका थिए । सभापतिको मन्तव्य राख्दै उनले भने ः म निमित्त मात्र हुँ । मेरापछडि बसेर मलाई निर्देशन गर्ने साथीहरु देश विदेशमा हुनुहुन्छ । डेढ दर्जन जति आजीवन सदस्य हुनुहुन्छ, असाध्यै प्रखर उद्घोषकहरु नियमित हाम्रो संस्थाको पेजबाट कार्यक्रम चलाइरहनुभएको छ ।

हामी संस्थागत रुपमा यहाँ नेपालको छौँ तर व्यवहारले र सरसम्पर्कले विश्वमा फैलिएर रहेका छौँ। बोल्ने क्रममा शुभेच्छुले संस्थामा ककसले के के योगदान गर्नुभएको छ भन्दै आफ्ना सहकर्मीहरुको परिचय पनि दिँदै र मञ्चासिन अतिथि र सम्म्मातिन प्रतिभाको पनि परिचय दिए । उनले लोकार्पित हुँदै गरेको कृतिले नारीलाई गरिने विभेद र जनयुद्धको विषय समेटेको पक्ष पनि उठाउन भ्याए । उनले यो कृतिले जनयुद्धलाई परिवर्तनका लागि सकारात्मक र नकारात्मक दुवै कोणबाट हेर्नुभएको छ । मैले यो कृति पढेँ र उहाँमा सिर्जनात्मक क्षमता रहेको बुझेको छु । खनालज्यू औपचारिक शिक्षाविनै उठ्नुभएको बौद्धिक सर्जक हुनुहुन्छ । शुभेच्छुले सबैलाई कार्यक्रमको अन्तिमसम्म बसिदिन अनुरोधका साथ स्वागत गरे । स्वागत लगत्तै प्रमुख अतिथि र विशिष्ट अतिथिले कृति लोकार्पण बालकृष्ण खनालको कृति अछुत फूलको लोकार्पण गरे ।

कृति लोकार्पणलगत्तै स्रष्टा सम्मानको कार्यक्रम भएको थियो । सो कार्यक्रममा प्रयागराज भट्टराई र गंगालिगललाई दोसल्लासहित अभिनन्दनपत्र प्रदान गरिएको थियो । लोकार्पित कृतिमाथि बोल्दै नन्दु उप्रेतीले केही लामो भए पनि अछुत पूल लघु उपन्यास भएको र लेखकले मिहिनेत गरेको बताए । सम्मानित प्रतिभा वाशिष्टले अक्षर ब्रह्मको काम ठुलो काम हो । मेरो लेखन यात्रालाई सम्मान गरेकामा आयोजक संस्थालाई धन्यवाद दिन्छु । यसले मलाई थप सिर्जनामा लागिरहने प्रेरणा दिएको छ । त्यस्तै गंगा लिगलले पनि आफू साहित्यमा लागेकै कारण आज बुढेस कालसम्म सक्रिय जीवन बाँच्न सकेको बताइन ।

समारोहको अवसर पारेल गङ्गा लिगल, बालकृष्ण खनाल, सुधीर थापा, पवन कार्की, एम. पी पाण्डे र रसज्ञ छहरालाई आजीवन सदस्या प्रदान गरिएको थियो । वार्षिकोत्सव समारोहको रचनावाचन कार्यक्रममा सुशीला श्रेष्ठ, दोलखा , लक्ष्मण सङ्गम (अछाम), कल्पना भट्टराई (काठमाडाँै), पुजन मिश्र (झापा), रोमा लम्सास (सप्तरी), .आँचलकुमार शर्मा ( काठमाडौँ), निशा न्यौपाने (पाँचथर), पवन कार्की (धनकुटा), उषा गुरुङ झापा, शर्मिला पौडेल (धादिङ), सुधीर थापा (काभ्रे) ले रचनावाचन गरेका थिए । सुशील रिजाल, दिवाकर घिमिरे, दीप सुदीप, जानकी मञ्जरी, हेमा सुवेदी, भावना घिमिरे लगायतका आयोजक टीपका सदस्यले सम्मान एवम् आभारपत्र वाचनमा सहयोग पुर्याएका थिए ।

कार्यक्रमका अन्त्यमा सभाध्यक्षले रचनावाचकहरुलाई कदरपत्र, प्रमुख अतिथि र वक्तालाई आभार पत्र एवम् अतिथिहरुलाई मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि प्रा.डा. जीवेन्द्रदेव गिरीले यथार्थवादी लेखनका सोझो यथार्थवर्णन, आलोचनात्मक याथार्थ र समाजवादी यथार्थको विश्लेषण गरेका थिए । उनले संगठन गर्नु र सही प्रतिभा चयन गरेर मञ्चमा प्रस्तुत गर्न सक्नु कठिन काम भएको भन्दै संस्थाको कार्यक्रम सार्थक भएको बताए । उनले सम्माति प्रतिभा प्रयोगराज वाशिष्ट र आफू कुनै दिन पद्यमकन्या क्याम्पसको सहकर्मी भएको स्मरण गर्दै वाशिष्टको सिर्जनशील जीवनको कामना गरे ।

कार्यक्रमका अन्त्यमा लोकार्पित कृतिका स्रष्टा बालकृष्ण खनालले आफू औपचारिक शिक्षा नलिएको, जम्मा तीन वर्ष स्कुल गएको र स्वअध्ययनले लेखक भएको जानकारी दिँदै भव्य कार्यक्रमका बिच आफ्नो कृति लोकार्पण भएकामा खुसी प्रकट गरे । उनले कार्यक्रमा उपस्थित सबैलाई धन्यवाद दिएका थिए भने उद्घोषकले नै कार्यक्रमको समापन गरेका थिए । कार्यक्रममा बाक्लो गरी साहित्यकार र साहित्यप्रेमीहरुको उपस्थिति रहेको थियो । समारहोललाई एम.पी पाण्डे र अर्पणा आपागाईंले सञ्चालन गरेका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.