अब सरकारी लेटरप्याड तथा साइनबोर्डमा तामाङ र नेपाल भाषा प्रयोगमा आउने

वैशाख १९, काठमाडौँ । बागमति प्रदेश मातहतका सरकारी कार्यालयहरूमा लेटरप्याड तथा साइनबोर्ड परिवर्तन हुने भएको छ ।

संविधानले व्यवस्थालाई व्यवहारमा कार्यन्वयन गर्न बनेको भाषा आयोगको सिफारिसमा बागमति प्रदेश सरकारले पारित गरेको ‘प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा बनेको ऐन–२०८०’ लाई कार्यन्वयनमा ल्याउन सरकारी स्तरबाट सो कार्य गरिने बताएको छ ।

वुधवार ललितपुरमा आयोजित पत्रकार सम्मेलनमार्फत सो कुराको जानकारी दिएको हो । २०८१ वैशाख २४ गते काठमाडौँको ऐतिहासिक साँस्कृतिक सम्पदा क्षेत्र बसन्तपुरबाट प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को ले औपचारिक रूपमा सो कार्यको शुभारम्भ गरिने बताएको छ । देशको भाषिक–साँस्कृतिक विविधतालाई संरक्षण गर्न बागमति प्रदेश सरकारबाट अनुमोदन भएको सो कार्यलाई व्यवहारमा ल्याउन वृहत कार्यक्रमका साथ शुभारम्भ गरिने बताएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै बागमति प्रदेश सरकारका संस्कृति, पर्यटन तथा सहकारी मन्त्री शैलेन्द्रमान बज्राचार्यले प्रदेश सरकारले पारित गरेको भाषा विद्येयकलाई सरकारी कामकाजमा लागू गर्न २४ गते भव्य कार्यक्रम गरिने बताए । संघीयताको मर्मलाई व्यवहारमा कार्यन्वयन गराउन प्रदेश सरकारले ल्याएको विद्येयकलाई स्वागत एवम् उत्सवको रूपमा मनाउन प्रदेशवासीलाई आग्रह गरे । मन्त्री बज्राचार्यले भाषा विद्येयलाई पारित गराउन भूमिका निर्वाह गर्नुहुने प्रदेश सरकार, तामाङ र नेवार समुदाय लगायत विभिन्न संघसंस्थालाई धन्यवाद दिए ।

भाषालाई साँस्कृतिक सम्पदा तथा साझा सम्पत्तिको रूपमा लिनुपर्ने बताउँदै सबै समुदायले संरक्षण गर्नुपर्ने बताए । २५० वर्ष अघि भाषाकै कारण नेवार र तामाङ लगायत समुदाय शिक्षा र अवसरबाट बञ्चित हुनुपर्ने इतिहास स्मरण गराउँदै अब अधिकार प्राप्त भएको दिनको रूपमा लिनुपर्ने बताए । सो अवसरमा प्रदेशभर सार्वजनिक विदाको समेत घोषणा गरेको छ ।

त्यस्तै पत्रकार सम्मेलनमा बागमति प्रदेश सरकारका संस्कृति, पर्यटन तथा सहकारी पूर्वमन्त्री पुकार महर्जनले संघीयताको उपलब्धिलाई कार्यन्वयन गर्न भाषिक विधेयकले सहयोग पुर्‍याएको बताए । सम्पूर्ण प्रदेश सभा सदस्यहरूको सहमतिमा पारित भएको ऐनले संस्कृतिको संरक्षण गर्न सहयोग पुग्ने विश्वास गरे ।

बागमति प्रदेश सरकारले वैशाख २४ गते प्रदेशभर सार्वजानिक विदा दिने र सोही दिन काठमाडौंको बसन्तपुरमा एक समारोह गरी कार्यन्वयनको औपचारिक घोषणा गर्ने निर्णय गरेको थियो । सरकारकोे निर्णय अनुसार बैशाख २४ गतेका दिन नै प्रदेश सरकारका सबै मन्त्रालयको साइनबोर्ड नेपाली भाषा (देवनगरी), तामाङ भाषा (तामयिक) र नेपाल भाषा ( रन्जना) मा लेखिएका राखिनेछन् । बागमति प्रदेश सरकारले गत वर्ष कार्तिक २३ गते ‘बागमती प्रदेश सरकारी कामकाजी भाषा ऐन २०८०’ राजपत्रमा प्रकाशित गरेको थियो ।

उक्त पत्रकार सम्मेलनमा नेपाल तामाङ घेदुङका उपाध्यक्ष सञ्चु ब्लो तामाङ, नेवाः देय् दवुका अध्यक्ष प्रतिमान महर्जन लगायतले शुभारम्भ कार्यक्रममा सहभागीताको लागि आह्वान गरेका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.