टी-२० सिरिज : नेपालले आज वेस्टइन्डिज ‘ए’सँग खेल्दै

वैशाख १५, काठमाडौं । नेपाल र टेस्ट टोली वेस्टइन्डिजको ए टोलीबीच हुने पाँच म्याचको टी–२० सिरिज आज सुरु हुँदैछ । सिरिजको पहिलो खेल आज कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा १२ः१५ बजे सुरु हुनेछ ।

नेपाली टोली नियमित कप्तान रोहित पोडेलको कप्तानीमा खेल्नेछ । वेस्टइन्डिज ए सँग खेल्न २० सदस्यीय टोली घोषणा भएको छ । १६ जनाको टोलीमा शुक्रबार मात्रै क्यानले तीव्र गतिका कमलसिंह ऐरी, स्पिनर सागर ढकाल, युवा ब्याटर लोकेश बम र विकेटकिपर विनोद भण्डारीलाई टोलीमा थपेको हो । बिहीबार घोषित १६ सदस्य टोलीमा एसीसी प्रिमियर कप खेलेको टोलीमा आकाश चन्द र आरिफ शेखलाई थपिएको थियो । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले टी–२० विश्वकपका लागि खेलाडीको नाम दर्ता गर्ने अन्तिम दिन १ मेलाई तोकेको छ । त्यो डेडलाइनअघि नेपालले वेष्टइन्डिज एविरुद्ध आज शनिबार र आइतबार दुई खेल खेल्नेछ । सुरुवाती दुई खेलमा प्रमुख खेलाडीलाई विश्राम दिएर अरुलाई अवसर दिने सम्भावना छ ।

नेपाली टोलीमा रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि।सी।, अभिनाश बोहरा, विवेक यादव, आकाश चन्द, कमलसिंह ऐरी, लोकेश बम, सागर ढकाल र विनोद भण्डारी रहेका छन् । यस्तै, वेस्टइन्डिजमा रोस्टन चेश, एलिक एथानाजे (उपकप्तान), फबिएन एलेन, कदीम एलियन, जोशुवा विशोप, केसी कार्टी, जोनसन चार्ल्स, मार्क दयाल, आन्द्रे फ्लेचर, म्याथ्यु फर्ड, ओबेद म्याककोय, गुडाकेश मोती, किमो पल, ओशान थोमस र हायडेन वाल्स रहेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.