भदौ २८, काठमाडौं । १२ औं संस्करणको साफ च्याम्पियनसिप फुटबल खेल्न बंगलादेश पुगेको नेपाली टोली आज (बिहीबार) स्वेदेश फर्किदैछ । बंगलादेशबाट नेपाली टोली पौने १२ बजे त्रिभुवन विमानस्थल आर्लिने समयतालिका रहेको छ ।
साफ च्याम्पियनसिपको सेमिफाइनलमा माल्दिभ्ससँग पराजित भएपछि नेपाल फाइनल खेल अगावै स्वदेश फर्कन लागेको हो । साफ च्याम्पियनसिपमा समूह ‘ए’ मा रहेको नेपालले समूह चरणका तीन मध्ये २ खेलमा जित र एकमा पराजय ब्यहोरेको थियो । पहिलो खेलमा पाकिस्तानसँग २—१ गोल अन्तरले पराजित भएको नेपाल दोस्रो खेलमा भुटानविरुद्ध आक्रामक खेल्दे ४—० गोल अन्तरको नतिजा निकालेको थियो । समूह चरणको अन्तिम खेलमा नेपालले आयोजक बंगलादेशलाई २—० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल पुगेको थियो ।
समूह चरणमा शानदार प्रदर्शन गरेको नपाल सेमिफाइनलमा माल्दिभ्ससँग ३—० गोल अन्तरले पराजित भएपछि प्रतियोगिताबाट बाहिरिएको थियो ।

