वाइवाइ चाउचाउको गुणस्तर फेल, सीजीलाई दुई लाख जरीवाना

वैशाख १४, काठमाडौं । चौधरी गु्रप (सीजी) ले उत्पादन गर्ने वाइवाइ चाउचाउ गुणस्तर परीक्षणमा फेल भएको छ ।

अनुगमनको क्रममा गुणस्तरमा फेल भएपछि काठमाडौं महानगरपालिकाले चौधरी गु्रपलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ । गुणस्तर परीक्षणमा वाइवाइ चाउचाउमा प्रयोग भएको एसिड भ्यालु अधिक रहेको पाइएपछि महानगर अन्तर्गतको कृषि तथा पशुपन्छी विभागले उक्त जरिवाना गरेको हो । बजार व्यवस्थापन तथा अनुगमन ऐन २०७७ को दफा २९ को खण्ड ‘घ’ बमोजिमको कसुर देखिएको जनाउँदै सोही ऐनको दफा ३० को उपदफा (१) को खण्ड ‘ख’ बमोजिम जरिवाना गरिएको महानगरले जनाएको छ ।

महानगरपालिकाको वडा नं ६ सरस्वती नगरको किराना पसलबाट बैशाख २ गते महानगरको टोलीले वाइवाइ चाउचाउ जफत गरेको थियो । १५० ग्राम नमूना चाउचाउ परीक्षणका लागि प्रयोगशालामा पठाइएकोमा परीक्षणबाट आएको प्रतिवेदनले चाउचाउमा एसिड भ्यालु १३.९३४ देखाएको थियो । तर, यसको भ्यालु १ एमजी भन्दा बढी हुन नहुने खाद्य प्राविधिक अनिल बस्नेतले बताए । उनका अनुसार यसो हुनु भनेको तेलको गुणस्तर नभएको भन्ने हो । यसको निरन्तर प्रयोग गर्दा क्यान्सरलगायत घातक रोग देखाउन सक्ने उनको भनाइ छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.