गहना पोखरीमा ‘गहना खोज्ने जात्रा’ (फोटो फिचर)

वैशाख १२, काठमाडौं। राजधानीको हाँडीगाउँस्थित गहना पोखरीमा हरेक वर्ष मनाइने ‘गहना खोज्ने जात्रा’ मनाइएको छ।

हाँडीगाउँमा लुकुमाद्यः का रुपमा लुकाएर राखिएको देवतालाई निकालेर आज पूजा आराधना गरिने परम्परा रहेको छ। टुँडाल देवीको खटलाई हाँडीगाउँस्थित गहना पोखरीभित्र तीनपटक परिक्रमा गराएपछि पोखरीमा देवीको गहना खोज्ने गरिन्छ। त्यस क्रममा पोखरीबाहिर टुँडाल देवीकी बैनीको खटलाई पनि परिक्रमा गराइन्छ।

उक्त अवसरमा भाटभटेनीको मूर्ति टुँडालदेवी मन्दिरमा ल्याउने चलन छ। किंवदन्तीअनुसार छोरी भाटभटेनीले आमा टुँडालदेवीलाई भेट्न जाँदा गोप्य सम्बन्ध रहेका पोडेसँग घुम्न हिँडेकी देखिछन्।

यसबाट रिसाएकी छोरी भाटभटेनी राति नै फर्किएको थिइन्। त्यतिबेला नै हराएको गहना प्रत्येक वर्ष खोज्ने र जात्रा चलाउने चलन चलेको संस्कृतिविदको भनाइ छ।

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.