भोजपुरे खुकुरी उद्योग सङ्कटमा

भदौ २७, भोजपुर । भोजपुरे खुकुरी उद्योग यति बेला सङ्कटमा परेको छ । दक्ष कारिगर तथा कच्चा पदार्थको अभावले खुकुरी उद्योग सङ्कटमा परेको हो ।

पछिल्लो समय युवा समुदाय खुकुरी बनाउने पेशातर्फ आकर्षित हुन नसकेका कारण उक्त व्यवशाय खस्कदै गएको छ । यो पेशालाई हेला गर्न थालिएकाले समेत उद्योग सङ्कटमा परेको व्यवसायी बताउँछन् । यहाँ भोजपुरे, सिरुपाते, चित्लाङ्ले, कोथीमोडा लगायतका खुकुरी बन्ने गरेका छन् । यहाँ बनाइएका खुकरी मुलुकका विभिन्न जिल्ला तथा विदेशमा समेत प्रख्यात मानिन्छ । “भोजपुरे खुकुरीको माग स्थानीय बजार, बाहिरी जिल्लासँगै विदेशमा समेत छ,” स्थानीय व्यवसायी हिरालाल श्रेष्ठले भन्नुभयो, “मागअनुसारको खुकुरी उत्पादन हुन ससेको छैन ।” कारीगरसँगै कच्चा पदार्थको अभावले व्यवसाय सञ्चालन गर्न समस्या भएको उहाँको भनाइ छ । मागअनुसारको खुकुरी उत्पादन गर्न सकिएको छैन ।

सरकारले साना तथा मझौला उद्योगलाई प्राथमिकता नदिँदा व्यवसाय सङ्कटमा परेको उद्योग सञ्चालक बताउँछन् । खुकुरी बनाउन आवश्यक कोइला र बिँडको लागि आवश्यक काठको अभाव छ । व्यवसायलाई जिवन्त राख्न खुकुरी बनाउने तालीमसमेत सञ्चालन गनुपर्नेमा यहाँका व्यवशायीले जोड दिएका छन् । “युवाशक्ति विदेश पलायन हुनु पनि यो व्यवशायका लागि समस्या हो,” व्यवसायी श्रेष्ठ बताउनुहुन्छ । युवा विदेश जाँदा गाउँघरमा सञ्चालनमा रहेका साना उद्योग बन्द भएका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.