भक्तपुरको नौ दिन लामो विस्का जात्रा (तस्बीरमा)

चैत २९, काठमाडौँ । नौ दिन आठ रात लामो भक्तपुरको विस्का(विस्केट) जात्रा शनिबारदेखि सुरु भएको छ । भक्तपुर नगरको प्रसिद्ध पाँंचतल्ले मन्दिर टौमढी अगाडि राखेर बनाइएको भैरवनाथको रथ दिउँंसो तान्ने क्रमको सुरुवातसँंगै जात्रा सुरु भएको हो । प्रत्येक वर्ष नयाँं वर्ष आगमनको चार दिन अगाडि अर्थात् यो वर्ष चैत २८ गते शनिबारदेखि सोही स्थानमा प्यागोडा शैलइीमा बनाइएको तीनतल्ले काठैकाठले नाएको करिव ३० फिट अग्लो भैरवनाथको रथ तान्ने क्रमसँंगै जात्रा प्रारम्भ हुने प्रचलन रहिआएको छ ।

रथलाई दुवैतिर डोरीले तान्ने गरिन्छ । एकातिर ६ वटा र अर्काेतिर चार वटा मोटोमोटो डोरी राखेर हजारौ युवाले रथ तान्ने गर्दछन् । जात्राको पहिलो दिनलाई स्थानीय नेपाल भाषामा द्यो क्वह विज्याइज्यू अर्थात देवता (रथ) तल सवारी हुने भनिन्छ । जात्राको पहिलो दिन रथलाई नगरको तल्लो साइटको टोलतिर लाने भएकोले सो साइटमा ६ वटा र अर्काे साइटमा चार वटा मात्रै डोरी राखिने गरिन्छ । तर दुवैतिर प्रतिस्पर्धात्मक रुपमा तानेर पछिल्लो वर्ष जता पनि लैजान गर्दछन् । पाँंचतल्ले मन्दिरलाई भक्तपुर नगरको बीच भाग मानिन्छ ।

तस्वीरः युरेशन सुब्बा÷प्रारम्भ खबर

 

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.