बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी

चैत २६, काठमाडौँको बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी भएको छ।

सोमबार अपराह्न बलम्बुमा रहेको सशस्त्र प्रहरीको केन्द्रीय स्टोरमा आगलागी भएको  सशस्त्र प्रहरी बलका सह प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

अहिले आगो निभाउने प्रयास भइरहेको छ। आगलागी नियन्त्रणमा लिन दमकल, प्रहरी तथा स्थानीयले प्रयास गरिरहेका छन्।  आगलागी कसरी भयो भन्ने खुलिसकेको छैन।

https://fb.watch/rjLDOd8nNd/

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.