गृहमन्त्रीमाथि छानविन गर्न संसदीय समिति बनाउनु पर्ने कांग्रेसकाे अडान

चैत २६, काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठनको अडान कायम राखेको छ।

सोमबार सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको शीर्ष नेताको बैठकले सहकारी ठगीमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठनको अडान कायम राख्ने निर्णय गरेको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिएका छन्। साथै कांग्रेसले मंगलबार संसदीय कार्यसमिति र संसदीय दलको बैठक बसेर थप निर्णय गर्ने समेत उनले जानकारी दिए।

कांग्रेसले संसदीय छानबिन समितिको माग गर्दै अब बस्ने संसद बैठक अवरुद्ध गर्ने चेतावनी दिएको छ। संसदको अर्को बैठक मंगलबार बिहान ११ बजेका लागि बोलाइएको छ। यसैबीच कांग्रेसले माग गरिरहेको संसदीय छानबिन समितिका बारेमा छलफल गर्न सभामुख देवराज घिमिरेले दलका नेताहरूलाई २ः३० बजे बोलाएका छन्। कांग्रेसबाट सभापति शेरबहादुर देउवा र प्रमुख सचेतक रमेश लेखक उक्त बैठकमा सहभागी हुने भएका छन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.