आरती साहको शंकास्पद मृत्युबारे थप अनुसन्धान सुरू

चैत २६, काठमाडौं । शङ्कास्पद रूपमा मृत फेला परेकी आरती साहको मृत्युबारे थप अनुसन्धान सुरु भएको छ । शङ्कास्पद मृत्यु भएको घटनाबारे छानबिन गर्न गठित डीआईजी उमेशराज जोशी नेतृत्वको टीमले जनकपुर पुगेर काम सुरु गरेको हो ।

टीममा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत जोशीसँगै सीआईबीका एसपी होविन्द्र बोगटी, डीएसपी जागेश्वर भण्डारी र इन्स्पेक्टर शान्ता लामा रहेका छन् । उनीहरुले ४५ दिनभित्र घटनाबारेको छानबिन र थप अनुसन्धान प्रतिवेदन बुझाउँनेछ । फागुन ३० मा गृह मन्त्रालय र पीडित परिवारको बिचमा थप अनुसन्धान गर्न सीआईबीको टोली पठाउने सहमति भएको थियो । गृह मन्त्रालयका अधिकारीहरूसँगको ५ बुँदे सहमति गरेसँगै १० महिनादेखि आन्दोलनरत साहका परिवारले आन्दोलन फिर्ता लिएका थिए ।

२०८० जेठ ७ मा धनुषाको जनकपुर उप–महानगरपालिका वडा नम्बर–९ स्थित थापा चोकमा रहेको घरमा आरती शङ्कास्पद रूपमा मृत फेला परेकी थिइन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.