बुद्धको देशमा बौद्ध भिक्षुमाथि प्रहरीको लात्ती !

चैत २५, काठमाडौँ । चैत २४ शनिबार प्रहरीले काठमाडौंको भद्रकालीमा भिक्षुमाथि लात्त हानेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । उक्त भिडियो भाइरल भएपछि प्रहरीले ठूलो दुर्व्यवहार गरेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ ।

चैत २४ शनिबार राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय क्रान्ति अभियानको प्रदर्शनका क्रममा प्रहरीले दुई भिक्षुलाई दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि प्रहरीको आलोचना भएको हो । अभियानले शनिबार काठमाडौँको भद्रकालीमा शक्ति प्रदर्शन गरेको थियो ।

सोही क्रममा प्रहरी र अभियानका कार्यकर्ताबीच झडप भएको थियो । उक्त भाइरल भिडियोमा प्रहरीले हिँड्दै गरेका भिक्षु भेषका दुई जनामध्ये एक जनालाई लाठी र अर्कोलाई लात्ताले हानेको देख्न सकिन्छ । प्रहरीले अन्य बाटो हिंडिरहेका सर्वसाधरणमाथि समेत दुर्व्यवहार गरेको देखिएको छ । स्रोतका अनुसार प्रहरीले उक्त दुर्व्यवहारबारे छानबिन समिति गठन गर्ने तयारी गरेको छ ।

प्रदर्शन शान्तिपूर्ण रहने र आफ्नो धार्मिक तथा सांस्कृतिक बाजागाजा सहित उपस्थित भएका लामा तथा बोनबोहरुलाई समेत लछारपछार गरेर प्रहारले दमन गरेको भन्दै प्रहरीमाथि कारबाहीको माग गरेको छ। बौद्ध समुदायले भने गृहमन्त्रीको कमजोरीका कारणले सो घटना हुन गएको भन्दै चर्को आलोचना गरेका छन ।

सो घटनाले धार्मिक द्वन्द्व फैलाउने संकेत गरेको गृहमन्त्रीको समेत चर्को आलोचना भएको छ। बौद्ध धर्म बिक्षुहरुलाई निर्मम तरिकाले कुटपिट गरेको दृश्य अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। सो घटनामा संलग्न प्रहरीलाई कारबाही गर्नुपर्ने माग राख्दै संसारका बौद्ध धर्मलम्बीहरूको तीव्र ध्यानाकर्षण भएको छ।

साथै तामाङ समुदायहरूको आफ्नो अस्तित्वमा रहेको बाजाहरूलाई समेत प्रहरीले तोडफोड गरी अपमान गरेको भन्दै तामाङ समुदाय र बौद्ध मार्गीहरू उर्लिएको छ। पहिचानका लागि लडेका समुदायमाथि राज्यको दमनले गर्दा थप सशक्त आन्दोलनको रूपमा जाने संकेत देखिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.