प्रधानमन्त्रीलाई मन्त्रीले दैनिक कामको ब्रिफिङ गर्नुपर्ने

चैत २२ गते। सरकारका मन्त्रीले आफूले गरेको कामको प्रधानमन्त्री समक्ष दैनिक रुपमा बिफ्रिङ गर्नुपर्ने भएको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले मन्त्रीले दैनिक रुपमा गरेको कामको ब्रिफिङ हरेक दिन बेलुका प्रधानमन्त्रीलाई गर्ने निर्णय गरेको हो।

राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकलाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सो कुराको जानकारी दिनुभएको हो।उहाँले मन्त्रीले हरेक दिन कुन काम राम्रो र ठूलो हुन् भन्ने कुराको ब्रिफिङ हरेक दिन बेलुका प्रधानमन्त्रीलाई गर्नुपर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो।उहाँले यसो गर्दा मन्त्री र कर्मचारीलाई काम गर्न जागरुक बनाउने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘आज मैले एउटा निर्णय मन्त्रिपरिषद्बाट गराएको पनि छु, सबै मन्त्रीले प्रत्येक दिन गरेको कामको ब्रिफिङ प्रधानमन्त्रीलाई बेलुका गर्नुपर्ने छ।गरेका काममध्ये कुनचाहिँ त्यो दिनको राम्रो र ठूलो काम गरियो त्यो ब्रिफिङ प्रधानमन्त्रीलाई प्रत्येक दिन गर्नुपर्ने भनेपछि त्यसले अब सबैलाई तताउँछ भन्ने मेरो विश्वास छ ।’

प्रधानमन्त्री प्रचण्डले सरकारले गरे अनुरुपको तदारुकता र दृढताका साथ प्रशासन र कर्मचारीले गर्न नसकेको भन्दै यस विषयको कारण खोजी गर्नुपर्ने बताउनुभयो।उहाँले कर्मचारी र राजनीतिक तहले काम गर्ने साझा रुपमा प्रयास गर्नुपर्ने बताउनुभयो।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.