बिचौलियालाई प्रवेश निषेध

भदौ २६, लहान। यातायात व्यवस्था कार्यालय लहान सिरहाले आजदेखि बिचौलियालाई कार्यालय प्रवेशमा रोक लगाएको छ । कार्यालयले सूचना प्रकाशित गरी लेखापढी व्यवसायीको प्रमाणपत्र लिएकाबाहेक बिचौलियालाई कार्यालय प्रवेशमा रोक लगाएको हो ।

कार्यालयमा बिचौलिया प्रवेश गरी भीडभाड गर्ने र सेवाग्राहीसँग काम गराउने नाममा अनावश्यक रकम असुल्ने गरेकाले उनीहरुलाई प्रवेशमा रोक लगाइएको यातायात कार्यालय लहानका निमित्त प्रमुख मीन भट्टराईले जानकारी दिनुभयो ।बिचौलियाले कार्यालय अगाडि टेबुल राखेरै सेवाग्राहीको काम गराइदिने र सो काम गराइदिएबापत मनपरी रकम असुल्ने गरेकाले त्यसलाई निरुत्साहित गर्दै भीडभाड व्यवस्थित बनाउन यस्तो निर्णय लिइएको निमित्त कार्यालय प्रमुख भट्टराईले बताउनुभयो ।

अब लेखापढी व्यवसायीको प्रमाणपत्र लिएकालाई मात्र सेवाग्राहीको काम गराउन कार्यालय प्रवेश गर्न दिइनेछ, निमित्त प्रमुख भट्टराईले भन्नुभयो, “लेखापढी व्यवसायी नरहेका सेवाग्राहीको काम गराउन भित्र आए कारबाही गरिनेछ ।”

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.