चैत २१, काठमाडौं । सर्वोच्च अदालतले न्यायाधीश भुवन गिरीलाई ‘वैवाहिक बलात्कार’ मुद्दामा पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ ।
सर्वोच्चका न्यायाधीशद्व हरि फुयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यसअघि काठमाडौं जिल्ला अदालतको न्यायाधीश गिरीलाई धरौटीमा छोड्ने र त्यसलाई सदर गर्ने उच्च अदालतको आदेश बदर गरेको हो । सर्वोच्चले उनलाई थुनामै राखेर अनुसन्धान गर्न भनेको छ ।
“…समग्र परिस्थिति र प्रमाणहरूलाई आधार मान्दा अहिले नै यी प्रतिवादी कसूरदार रहेनछन भन्न सकिने अवस्था नहुँदा यी प्रतिवादी परिवर्तित नाम २६ परिसर २६ (क) ०७९र०८० लाई मुद्दाको पुर्पक्षको लागि धरौटी तारेखमा राख्ने गरी काठमाडौं जिल्ला अदालतबाट मिति २०५०।१।१९ मा भएको आदेशलाई सदर गर्ने गरी उच्च अदालत पाटनबाट मिति २०८० । ५ । २१ मा भएको आदेश वेरितको देखिँदा बदर गरी दिएको छ,” सर्वोच्चको आदेशमा भनिएको छ, “अब प्रस्तुत मुद्दामा पछि फैसला हुँदाका बखत ठहरे बमोजिम हुने गरी निज प्रतिवादीलाई मुलुकी अपराध संहिता, २०७४ को दफा ६७ (१)(ख) बमोजिम मुद्दाको पुर्पक्षको लागि थुनामा राखी कानून बमोजिम गर्नु ।”

